Logo

मुख्य समाचार

आयल निगमलाई १५ दिनमा ४ अर्ब ४८ करोड रुपैयाँ घाटा


GDP नेपाल
   ३ जेष्ठ २०७९, मंगलबार


नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने संकेत देखिएको छ ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य सूचीमा भाउ बढाएर पठाएसँगै नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्ने देखिएको हो । यसअघि भारतबाट प्रतिलिटर १८४ रुपैयाँ ३६ पैसामा पेट्रोल खरिद गर्दै आएको नेपाल आयल निगमले अब एक लिटर पेट्रोल खरिद गर्दा १९२ रुपैयाँ ९४ पैसा तिर्नुपर्नेछ । यस्तै डिजलको खरिद मूल्य एक सय ८८ दशमलव ३३ पुगेको छ भने मट्टीतेलको खरिद मूल्य एक सय ४० रुपैयाँ ३६ पैसा पुगेको छ ।

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिए छ ।

निगमले आईओसीलाई महिनाको २ पटक भुक्तानी गर्नुपर्ने हुन्छ । जसअनुसार निगमले मे २०२२ को लागि पहिलो किस्ता १२ अर्ब ८० करोड रुपैयाँ भुक्तानी दिन सकेको छैन । दोस्रो किस्ता वापत आगामी मे २३ मा थप १८ अर्ब भुक्तानी गर्नुपर्ने निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीका आधारमा निगमले आगामी १५ दिनमा ४ अर्ब ४८ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह