Logo

बिजनेस होम

स्थानीय निर्वाचनमा व्यवसायीः कोही विजय यात्रामा, कतै जमानत जोगाउनै मुश्किल !


GDP Nepal
   ३ जेष्ठ २०७९, मंगलबार


काठमाडौं । स्थानीय तह निर्वाचनमा होमिएका उद्योगी व्यवसायीका लागि परिणाम मिश्रित देखिएको छ ।

वीरगन्ज महानगरपालिकामा व्यवसायी विजय सरावगी दोस्रो कार्यकालका लागि मेयरको प्रतिस्पर्धामा छन् । तर, यसपटक पार्टी परिवर्तन गरेर नेकपा एमालेबाट मेयरमा प्रतिस्पर्धा गरिरहेका सरावगीलाई सजिलो भने छैन ।

निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म सरावगीले ३ हजार ६२२ मत पाउँदा उनका प्रतिस्पर्धी गठबन्धन दलका उम्मेदवार राजेशमान सिंहले भने ८ हजार १३१ मत पाइसकेका छन् ।

नुवाकोटको बिदुर नगरपालिकामा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य राजन श्रेष्ठ नेपाली कांग्रेसबाट मेयर पदमा प्रतिस्पर्धा गर्दैछन् । श्रेष्ठ विजयको नजिक पुगेको बताइएको छ ।

यो समाचार तयार पार्दासम्म श्रेष्ठले ५ हजार ७३८ मत प्राप्त गरेका छन् । यो मत प्रतिस्पर्धी एमालेका सञ्जु पण्डितको भन्दा झन्डै १७ सयले बढी हो ।

पाँचथरको फिदिम नगरपालिकामा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मित्रकुमार काफ्ले नेपाली कांग्रेसबाट मेयरमा प्रतिस्पर्धा गर्दैछन् ।

काफ्लेले ७ हजार ६७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पृथ्वी लावतीले ६ हजार १२ मत पाएका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा मेडिकल इक्युपमेन्ट व्यवसायी संघका पूर्वअध्यक्ष सुशील थापाले उम्मेदवारी दिएका छन् भने ललितपुर महानगरपालिकाको उपमेयरमा जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले उम्मेदवारी दिएका छन् ।

थापा र जोशीले भने नगण्य मत प्राप्त गरेका छन् ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह