सरकारले अन्तर प्रदेशीय सार्वजनिक सवारीको भाडा बढाएको छ।
पेट्रोलिमय पदार्थको मूल्यवृद्धि भएपछि वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
अन्तरप्रदेश चल्ने यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाइएको छ भने पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाइएको छ ।
समायोजन गरिएको भाडादर भोलि (जेठ ४) देखि लागू हुने विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया