Logo

बैंक / बिमा /शेयर

एफपीओ निष्कासनको प्रस्ताव सहित किसान लघुवित्तले बोलायो साधारण सभा


GDP नेपाल
   ८ जेष्ठ २०७९, आइतबार


किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डोकेको छ । कम्पनीले जेठ २८ गतेका लागि धनगढी, कैलालीमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनश शेयर पारित गर्नेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजारको आधारमा उक्त बोनश शेयर वितरण गर्न लागेको हो । कम्पनीले थप सर्वसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह