Logo

मुख्य समाचार

आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाइएको हो : गभर्नर अधिकारी


GDP नेपाल
   ८ जेष्ठ २०७९, आइतबार


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अधिकारीले निक्षेप बढाउन नभई आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढाइएको बताएका हुन् ।

“निक्षेप बढोस् भनेर ब्याजदर बढाएको होइन, आयातित वस्तुको उपभोग घटोस् भनेर ब्याजदर बढाएको हो,” उनले भने, “तर, जति परेपनि मूल्य तिर्न उपभोक्ता तयार भएको देखियो ।”

यस्तै उनले तत्कालको अवस्थामा निजी क्षेत्रलाई नाफामा जोड नदिन आग्रह गरेका छन् । बजारमा व्यापार घाटाले गर्दा तरलता अभाव भएको जनाउँदै उनले निजी क्षेत्रलाई अर्थतन्त्र जोगाउन र यसको स्थायित्वतर्फ ध्यान दिन सुझाव दिएका छन् ।

उनले भने ‘अर्थतन्त्रको अवस्था जोगाउनुपर्ने छ, अहिले निजी क्षेत्रले बढी नाफामा जोड नदिनु । पहिले अर्थतन्त्र जोगाउनुपर्छ, अर्थतन्त्रको स्थायित्व गर्न तर्फ लागौँ त्यसपछि व्यावसाय प्रवर्द्धन गर्न लागौँला ।’

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह