Logo

कर्पोरेट-बजार

नेप्से १७ महिनायताकै न्यून बिन्दुमा


GDP Nepal
   ९ जेष्ठ २०७९, सोमबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्से करिब १७ महिना यताकै न्यून विन्दुमा झरेको छ। गत साताको बिहीबारदेखि ओरालो लागेको नेप्से यस साताको पहिलो कारोबार दिन ३४.२१ अंक अर्थात १.५३ प्रतिशत घटेर २२००.८८ विन्दुमा झरेको छ।

स्टक एक्सचेञ्जका अनुसार यसअघि २०७७ पुस २३ गते नेप्से २१९४.४८ विन्दुमा रहेको थियो। सोमबार सेन्सेटिभ इण्डेक्स ५.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंक घटेको छ।

सोमबार २२४ कम्पनीको २८ हजार ५०६ पटकको कारोबारमा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको ३९ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। २० स्टकको मात्र मूल्य बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह