Logo

बिजनेस होम

आर्थिक वर्षको अन्त्यमा विकासे मन्त्रालयका सचिव हेरफेरः भौतिकमा सिग्देल, ऊर्जामा तिवारी


११ जेष्ठ २०७९, बुधबार


काठमाडौं। चालू आर्थिक वर्ष सकिनै लाग्दा विकासे मन्त्रालयका सचिव फेरिएका छन् । पुँजीगत खर्च अपेक्षाकृत हुन नसकिरहेका बेला बढी बजेट भएका मन्त्रालयका सचिव हेरफेर गरिएको छ ।

मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा गोपाल सिग्देललाई सरुवा गरेको छ । सोही मन्त्रालयको सहसचिव तथा सडक विभागको महानिर्देशकसमेत भइसकेका सिग्देल यसअघि भने नेपाल ट्रष्टमा थिए । भौतिक सचिव रवीन्द्र श्रेष्ठलाई राष्ट्रिय सतर्कतामा पुर्‍याइएको छ ।

ऊर्जासचिव देवेन्द्र कार्कीको अनिवार्य अवकाससँगै रिक्त रहेको पदमा सुशील चन्द्र तिवारी सरुवा भएका छन् । उनी यसअघि राष्ट्रिय सतर्कता केन्द्रमा थिए ।

खानेपानी सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलाल पुगेका छन् भने सो मन्त्रालयका सचिव सुरेश आचार्य प्रधानमन्त्री कार्यालयमा सरुवा भएको जनाइएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह