Logo

बैंक / बिमा /शेयर

साढे २ अर्बको ऋणपत्र जारी गर्दै हिमालयन बैंक, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट


GDP नेपाल
   १२ जेष्ठ २०७९, बिहिबार


हिमालयन बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड–२०८६’ जारी गर्ने भएको हो । सात वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन् ।

यसैबीच हिमालयन बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।

सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह