Logo

बैंक / बिमा /शेयर

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १३ जेष्ठ २०७९, शुक्रबार


शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से १५.८२ अंक घटेर २ हजार २२३.७८ विन्दूमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ३७, फाइनान्स २२, जलविद्युत् २९, जीवन बीमा ७८, उत्पादन ३७, लघुवित्त २०, निर्जीवन बीमा ६८, अन्य २९ र ब्यापार उपसमूह १३ अंक घटेको छ । त्यस्तै, आज होटल तथापर्यटन भने २ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको सेयर ६ प्रतिशतले बढेको छ भने राष्ट्रिय बिमा कम्पनीको सेयर झण्डै ४ प्रतिशतले घटेको छ । आज २२३ कम्पनीका ४१ लाख १ लाख ४० हजार कित्ता सेयर २१ हजार भन्दा बढी पटक किनबेच हुँदा १ अर्ब २९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह