Logo

बिजनेस होम

प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि कार्यक्रमलाई ३ अर्ब ४५ करोड बजेट


GDP Nepal
   १५ जेष्ठ २०७९, आइतबार


काठमाडौं । सरकारले प्रधानमन्त्री नेपाली उत्पादन अभिवृद्धि कार्यक्रमका लागि ३ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ ।

आगामी दशकलाई स्वदेशी वस्तु उत्पादन तथा उपभोग दशक घोषणा गर्दै यस अन्तर्गत सञ्चालित कार्यक्रमलाई साढे ३ अर्ब विनियोजन गरिएको हो ।

मेड इन नेपाल र मेक इन नेपाल लगायतका कार्यक्रममा निजी क्षेत्रलाई सरकारले सहयोग गर्ने भएको छ ।

ज्ञानमा आधारित व्यवसाय प्रवद्र्धन गर्न २६ करोड लगानीमा सातै प्रदेशमा इन्क्युवेसन सेन्टर स्थापना हुने जनाइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९–८९ को आयव्यय विवरण (बजेट)मा यो कुरा उल्लेख गरिएको छ ।

अर्थमन्त्री शर्माले संसदको दुवै सदनमा यतिबेला बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह