Logo

मुख्य समाचार

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज


GDP नेपाल
   १६ जेष्ठ २०७९, सोमबार


आइतबारबाट सम्पर्कविहिन तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

तारा एयरको ९ एनएईटी जहाज मुस्ताङको थासाङ गाउँपालिका २, सानीस्वारेँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिएका छन् ।

‘शनिश्चरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ सैनिक प्रवक्ता सिलवालले ट्विट गरेका छन् ।

आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको उक्त जहाज अन्तिम पटक १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविहिन भएको थियो । जहाजमा १९ जना यात्रु र चालक दलका तीन सदस्य थिए ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह