Logo

बिजनेस होम

दाना उद्योग संघ अध्यक्षमा पुनः रवीन पुरी


GDP Nepal
   १६ जेष्ठ २०७९, सोमबार


काठमाडौं । नेपाल दाना उद्योग संघको अध्यक्षमा रविन पुरी पुनः निर्वाचित भएका छन् ।

संघको २१औं साधारणसभाले पुरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो का लागि चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकरप्रसाद कँडेल, द्वितीय उपाध्यक्षमा प्रदीपकुमार रुंगटा र तृतीय उपाध्यक्षमा ज्ञानेन्द्र पराजुली चुनिएका छन्।

सदस्यमा देवीप्रसाद गौतम, नितेश गुप्ता, नारायणप्रसाद फुयाल, आनन्दकुमार बगडिया, विनोद पोखरेल, सुरेन्द्रराज प्रधान, विनोदचन्द्र केसी, विनोद भण्डारी, राजकुमार बन्जारा र गोपाल टन्डन रहेको जनाइएको छ।

May be an image of 10 people, people standing and text that says 'नेपाल दाना उद्योग संघ २१ 3 एक्का) साधारण भा'


साधारणसभामा कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले मकै तथा भटमासको खेतीमा मन्त्रालयले उचित पहल लिने आश्वासन दिएका थिए। उनले समयसापेक्ष कृषि नीति बनाउन पहल गरिरहेको र नेपाल दाना, कुखुरा र अन्डा उत्पादनमा आत्मनिर्भर भएको बताए।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह