पेट्रोलियम पर्दाथको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।
बिहिबार रातिदेखि नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएस्ँगै अन्तर प्रदेश सार्वजनिक यातायातकाे भाडा पनि घटेको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ प्रतिशतले घटेको छ ।
यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया