काठमाडौं महानगरपालिकाले होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालय बनाउन चाहने व्यवसायीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
महानगरले एक सूचना जारी गर्दै होटल, रेस्टुरेन्ट, बैंक तथा विभिन्न संघसंस्थाहरुमा रहेको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने कम्पनी तथा व्यवसायीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।
जेठ १६ गते बसेको कार्यपालिकाको बैठकले सर्वसाधरणको शौचालयमा सहज पहुँच अभिवृद्धि गर्न महानगरका व्यावसायिक कम्पनी तथा संस्थानसँग सम्झौता गर्ने निर्णय गरेको थियो।
सूचना अनुसार इच्छुक व्यवसायीले सूचना प्रकाशित भएको ७ दिनभित्र सार्वजनिक निजी साझेदारी एकाइ बबरमहलमा सम्पर्क गर्न सक्नेछन् ।
प्रतिक्रिया