आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत संचालित “आइएमई पे” र “फुडमान्डु” वीच सम्झौता भएको छ ।
सम्झौता अनुरुप यहि जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक भएको छ । “३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डुमा ३ अर्डरको भुक्तानी गरे पश्चात १५ प्रतिशत क्यासब्याक पाउनेछन् ।
यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने आइएमई पेले बताएको छ ।
प्रतिक्रिया