Logo

बिजनेस होम

बालेनसँग होटल संघले माग्यो सम्पत्ति करमा छुट, कति तिर्नुपर्छ होटलले कर ?


GDP Nepal
   २ असार २०७९, बिहिबार


काठमाडौं । पहिलो बजेटमा जुटेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग होटल संघ नेपालले सम्पत्ति करमा छुट दिन माग गरेको छ ।

कोभिड महामारीका कारण अढाई वर्षदेखि ठप्प रहेको पर्यटन व्यवसाय अझै लयमा फर्किन नसकेको भन्दै संघले यस्तो माग गरेको हो ।

“विगतका वर्षमहरुमा र्झैं यस वर्ष पनि होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा यस वर्ष ९० प्रतिशत छुटका साथै नेपाल सरकारले आ.व. २०७९/०८० को बजेटमा व्यवसाथ कर छुटको व्यवस्था भए अनुसार काठमाडौं महानगरपालिकाबाट लगाइने व्यवसाय करमा शतप्रतिशत छुट उपलब्ध गराई यस उद्योगको जर्गेना गरिदिनु हुन श्रीमान् नगर प्रमुखज्यूमा हार्दिक अनुरोध गर्दछौं,” संघले बुधबार बुझाएको सुझावमा उल्लेख छ ।

महानगरपालिकाले यसअघि आर्थिक वर्ष २०७५/०७६ मा ६५ प्रतिशत, आ.व. २०७६/०७७ मा ७५ प्रतिशत, २०७७/०७८ मा ७५ प्रतिशत र २०७८/०८९ का लागि ८० प्रतिशत छुट उपलब्ध गराएको थियो । उक्त छुटमध्ये समयसीमा भित्र कर बुझाएमा अर्को १० प्रतिशत अतिरिक्त छुट उपलब्ध गराइएको संघले जनाएको छ ।

कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने विज्ञहरुको प्रक्षेपण रहेको संघका महासचिव साजन शाक्यले बताए । “राज्यको आर्थिक गतिविधि चलायमान बनाउने, बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पु¥याउने होटल उद्योगलाई बचाई राख्न राज्यको पनि दायित्व रहेको हुन्छ,” शाक्यले भने ।

कति तिर्नुपर्छ होटलले कर ?
घर जग्गा कर ऐन २०१९ को दफा १२ वमोजिम होटलको ग्राहक बस्ने, खाने खास घर जग्गा, सवारी साधानको पार्किड. स्थान र बागबगैचामा घरजग्गा कर नलाग्ने व्यवस्था रहेकोमा एकीकृत सम्पत्ति कर २०७४ मा होटलहरुले ओगटेको सवै संरचनामा सम्पत्ति कर लगाइएको छ । जसअनुसार करिब १५ सय प्रतिशत भन्दा बढी करको भार बढाइएको भन्दै संघका प्रतिनिधिले पटक पटक काठमाडौं महानगरपालिकालाई अनुरोध गर्दै आएका थिए ।

आव २०७५/०७६ मा उपलब्ध ६५ प्रतिशत छुट रकम काठमाडौं महानगरपालिका र होटल संघ नेपालको सहकार्यमा आयोजना हुने गरी पर्यटन प्रवद्र्धनका लागि संयुक्त कोष स्थापना भएको थियो ।, उक्त संयुक्त कोषबाट काठमाडौं महानगरपालिकालाई पर्यटनको केन्द्र बनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मुलुकको साख उच्च राख्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु तय गरिएको जनाइएको छ ।

हानले फोहोरमैला व्यवस्थापनका लागि होटलहरुको कोठामा प्लास्टिकजन्य वस्तुहरु प्रयोग नगर्न र यसको विकल्पसहितको कार्यक्रम अघि सारेको छ ।

प्रकाशित : २ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह