Logo

राजनीति

प्रधानमन्त्रीलाई राजपाको प्रश्नः जनताले दुईतिहाई राराको चिसो हावा खानमात्रै दिएका हुन् ?


appharu
   २९ आश्विन २०७५, सोमबार


काठमाडौं । राष्ट्रिय जनता पार्टीका महामन्त्री एवम् प्रदेश नम्बर २ का सांसद मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम नगरेको आरोप लगाएका छन् ।

नेपालकै ईतिहाँसको ऐतिहाँसिक दुई तिहाई बहुमतको प्रधानमन्त्रीले रारा तालको छेउमा बसेर चिसो हावामात्रै खान नहुने उनको व्यंग्य छ ।

ओली नेतृत्वको सरकारलाई समर्थन दिएपछि दिन गनि गनि बसेको सुनाउँदै नेता सुमनले भने– केपी शर्मा ओली पछिल्लो ८ महिनादेखि हाम्रो दुई तिहाई बहुमतको प्रधानमन्त्री हुनुहुन्छ । त्यो दुई तिहाई अपुग छँदा हामीले पनि पुरयाएका थियौं । हाम्रो दुई तिहाई पुर्याउने हाम्रो उद्देश्य छरपष्ट छ ।

नेता सुमन थप्छन्– नेपालको संविधान २०७२ अझैपनि जनजातिमैत्री छैन । मधेशमैत्री छैन । त्यसमा पुरै खोटाहरु छन् । त्यो संविधान निर्माण भैरहँदा देशकै एउटा तल्लो तह र तप्काले त्यो संविधान निर्माण प्रक्रियाको सामेलीकरणबाट रोकियो । हामीले संविधानमा मेरो पनि अनुहार, मेरो पनि भावना, मेरो पनि स्वामित्व हुनेलायक बनाईदिओ भनेर अनुरोध गर्दा मधेशभरि निषेधित क्षेत्र घोषणा गरेर मेरा १२४ जना सखाहरुलाई गोली हानी हत्या गरियो ।’

संविधान संशोधनको स्वार्थको खातिर आफूहरुले वर्तमान सरकारलाई दुई तिहाई पुर्याउन समर्थन गरेको उनको जिकिर छ ।
नेता सुमनले भने– यही दुई तिहाईका खातिर हामीले यो सरकारलाई समर्थन गरेका थियौं । यो भुतकाल है । अस्ति भर्खरै प्रधानमन्त्रीलाई हाम्रो पार्टीका अध्यक्ष मण्डलका साथीहरु ज्ञापनपत्र बुझाउन जानुभयो । प्रधानमन्त्रीजीको निरिहिता हेरेर हामीले त्यो टिओर त नविकरण त गरेनौं, गरेनौं । अब जारी समर्थनलाई पनि समर्थन राखौं कि नराखौं भनेर अबुझजस्तो भयो ।

उनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणपनि कसैले छानबिन गरिदिँदैनन् भन्दै म प्रधानमन्त्री छु । तर, कसले देश चलाएको छ ? मलाई थाहा छैन । मलाई कसैले टेरेन । यो देश त कुनै पशुपतिनाथले चलाएको जस्तो छ । न्यायालयले टेर्दैन् भन्ने निरिहता प्रधानमन्त्रीले प्रकट गरेको सुनाए ।

एकजना सर्वसत्ताशाली, नेपालकै ईतिहाँसको ऐतिहाँसिक दुई तिहाई बहुमतको प्रधानमन्त्रीले रारा तालको छेउमा बसेर चिसो हावामात्रै खान नहुने उनको व्यंग्य छ ।
उनले थपे– यस्ता प्रधानमन्त्री काखे बालकलाई (सिरहाको कल्याणपुर) मा काखमा बोकेर विद्यालय भर्ना गराए । भोलिपल्टदेखि ती बालक स्कुल गए की गएनन भनेर पत्तो पनि लगाएनन् ।’ मिडियामा चर्चाको लागि प्रधानमन्त्रीले त्यतिमात्रै गर्न नहुने उनको सुझाव छ ।

सुमनले भने– कहिले अमेरिका, कहिले कोष्टारिका, कहिले चीन, र कहिले भारतमात्रै भ्रमण गर्नुहुँदैन् । पूरै सिँगो देशलाई नै आफ्नो प्रधानमन्त्री कार्यालयमा केन्द्रिकृत गराएका छन् । सम्पत्ति शुद्धिकरणको मुख्यालयदेखि लिएर राजश्व अनुशन्धानको मुख्यालयदेखि लिएर अख्तियारको मुख्यालयदेखि लिएर सबैलाई प्रधानमन्त्री कार्यालयमा सुशोभित गराएका छन् ।

प्रधानमन्त्री एउटा अर्के कम्युनिष्ट देशकै प्रधानमन्त्रीजस्तो म पनि सर्वसत्ताशक्तिसम्पन्न प्रधानमन्त्री हुँ भन्ने नेपाली जनतालाई भान भएका छन् । तर, अहिलेसम्म देशकै सबैभन्दा बढि मतान्तरले जितेका म्याद अफ दि ईलेक्शन रेशम चौधरीलाई कारागरबाट छोड्ने चिज अदालतको क्षेत्रमा पर्ला, तर प्रधानमन्त्रीले उहाँलाई सपथसम्म गराउन सक्नुहुन्न । सभामुखले प्रधानमन्त्रीले भने भने म सपथ गराउँछु भन्नुभएको छ ।’

सरकारप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका नेता सुमनले सरकारले अहिलेसम्म आफूहरुले उठाएका केही पनि काम नगरेको आरोप लगाए । उनले भने,‘ओली सरकारले केही पनि गर्न सकेन् । अन्ततः गएर हामी आँफै गएर हिजो प्रदेश नम्बर २ ले बहुमतका साथ प्रहरी सेवा ऐन पारित गरेका छौं । केन्द्रले त्यो चाहँदै चाहँदैन थियो । हिजो म पनि आँफै पनि संसदमा उपस्थित भएर प्रहरी सेवा ऐन तीन महिनाको छलफल गर्दा, नेकपाले त्यसको विरोध गर्दा गर्दैपनि हामीले पारित गरेका छौं ।

अब देशले जे गर्छ गर्छ भन्दै उनले आफूहरु नेपालको त्यही संविधानलाई क्रियाशिल गर्न हामी रहन्छौं । रहन्छौं । हामी प्रदेश नम्बर २ तत्काल चलाउने पक्षमा छौं । प्रहरी सेवा ऐन अनुसार हामी अब केही दिनमै आवेदन गर्ने तयारीमा छौं । अब ९ सय प्रहरी प्रदेश नम्बर २ मा भर्ना हुन गैरहेको छ । केही दिनमै हामीले नेपालको संविधानको धारा २४४ अनुसार प्रदेश लोकसेवा आयोगको ऐन पनि ल्याउँदैछौं ।’

उक्त लोकसेवा आयोग ऐनमार्फत आफूहरुले प्रदेश नम्बर २ मा कर्मचारी भर्ना गर्ने उनले जनाए । उनले भने, ‘अब प्रदेश सरकार अघि बढ्यो, केन्द्र सरकारले जे सोचे पनि हुन्छ । रहयो, समर्थनको कुरा । हामी सरकारलाइ दिएको समर्थन हठात फिर्ता लिन्छौं ।’

प्रकाशित : २९ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह