कामना सेवा विकास बैंक लिमिटेडले आइतबारबाट नवलपरासीको कावासोती ७ साँढमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
यस्तै, कावासोती ७ साँढमा बस्ने भीमा भुर्तेललाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन वडा अध्यक्ष गोविन्द प्रसाद महतोले गरेका हुन् । कार्यक्रममा कावसोती ७ का वडा सदस्य रुद्र बहादुर बस्नेत, पुर्व वडा सदस्य विष्णु प्रसाद काफ्ले र साहित्यकार सदानन्द जैसी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिती रहेको थियो ।
शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
प्रतिक्रिया