Logo

बैंक / बिमा /शेयर

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई स्टेम सेन्टरमा १५ प्रतिशतसम्म छुट


GDP नेपाल
   ६ असार २०७९, सोमबार


आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र STEM Center का अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्रहकलाई STEM Center बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः STEM Center तथा Ophthalmological products मा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । सोही अवसरमा STEM Center बाट प्राप्त हुने Pathology को १८९ भन्दा बढी त्यसै गरी Radiology को ८१ भन्दा बढी ३७ भन्दा बढी Dental test लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले STEM Center सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।

प्रकाशित : ६ असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह