Logo

बैंक / बिमा /शेयर

नबिल बैंककाे कामु सिइओमा शाक्य नियुक्त



नबिल बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् ।

कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले कामु सिइओको जिम्मेवारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यलाई दिएको हो । सिइओ अनिल केशरी शाहको कार्यकाल असार ६ गतेदेखि समाप्त भएसँगै कामु सिइओको जिम्मेवारीमा शाक्य नियुक्त भएका हुन् ।

यस्तै, कम्पनीको जेठ ७ गते सम्पन्न विशेष साधारण सभापश्चात बसेको संचालक समितिको बैठकले सिइओमा ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी साउन १ गतेदेखि लागू हुनेभएसँगै सो अवधिसम्मको लागि कामु सिइओमा शाक्यलाई जिम्मेवारी दिइएको हो ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह