Logo

बैंक / बिमा /शेयर

नेपाल एसबिआई बैंकले ल्यायाे तीनगुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता


GDP नेपाल
   ८ असार २०७९, बुधबार


नेपाल एसबिआई बैंकले मुद्दति खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले धनवृद्धि योजनाअन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुईगुणा तथा १० वर्ष ३ महिनामा तीनगुणाभन्दा बढी प्रतिफल दिने मुद्दति खाता सञ्चालनमा ल्याएको हो ।

उक्त खातामा ब्याज साँवामा पुँजीकृत हुँदै परिपक्वतापश्चात एकमुष्ट रकम भुक्तानी हुने बैंकले जनाएको छ । बैंकले ग्राहकलाई खातामा रहेको साँवा रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिने जनाएको छ। यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिनेछ ।

यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुईगुण तथा ११ वर्ष ३ महिनामा तीनगुणा हुने बैंले जनाएको छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह