ग्लोबल आइएमई बैंकले सन् २०२२ को हज यात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हज यात्रीलाई आवश्यक पर्ने विदेशी मुद्रा ९साउदी रियाल समेत० सटहीको सुविधा प्रदान गर्ने जनाएको छ ।
बैंकले हजयात्रीको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ ।
साथै हजयात्रीलाई मुद्रा सटहीको सिलसिलामा कुनै जानकारी लिनुपर्ने भए मोबाइल नम्बर ९८५११६५५२० मा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।
प्रतिक्रिया