Logo

बिजनेस होम

सार्वजनिक प्रशासन सुधार्न सरकारको प्रतिभा डबली कार्यक्रम, कर्मचारीबाटै आइडिया मागिँदै !


GDP Nepal
   ९ असार २०७९, बिहिबार


काठमाडौं । सरकारले प्रतिभा डबली कार्यक्रम सुरु गरेको छ । निजामती कर्मचारीबाट नवीन आइडियाको माग गर्दै यो कार्यक्रम सुरु गरिएको हो ।

प्रतिभा डबलीले नीति तर्जुमामा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माण लगायत सार्वजनिक सरोकारका विषयमा कार्य सम्पादनको सिलसिलामा वा सोका अतिरिक्त कर्मचारीमा अन्तर्निहित प्रतिभाको उजागर गर्नेछ ।

सार्वजनिक प्रशासनको सेवामा उत्तम नतिजा हासिल गर्ने अवसर प्रदान गर्ने गरी प्रतिभा डवलीको स्थापना गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कर्मचारीको प्रतिभा वा आइडियाले सार्वजनिक महत्व राख्न सक्ने भएकोले नेपाल सरकार मातहत कार्यरत संपूर्ण कर्मचारीलाई आफ्ना प्रतिभा वा आइडियाका लागि आह्वान गरिएको छ ।

यस्तो आइडिया लिपिवद्ध र अडियो तथा भिज्यूयल माध्याबाट पनि पठाउन सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिभा डबली मूल्यांकन समितिले मूल्यांकन गरी शीर्ष १० प्रतिभाको छनोट गर्नेछ । उक्त शीर्ष आइडियटरहरुले आवश्यक तालिम पश्चात मूल्यांकन समितिसमक्ष प्रत्यक्ष प्रस्तुतीकरण गर्नु पर्नेछ ।

यस प्रकार प्रतिस्पर्धाबाट छनोट हुदै गएका शीर्ष प्रथम, द्वितीय र तृतीय प्रतिभालाई उचित सम्मान तथा प्रोत्साहन गरिनेछ भने उक्त प्रतिभाहरुको राष्ट्रसेवामा उपयोग गर्ने गरी थप प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइने उल्लेख छ ।

प्रतियोगीहरुले असार १३ भित्र आफ्नो प्रतिभालाई पेश गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह