Logo

बिजनेस होम

नेपाल एयरलाइन्सलाई रोकेर किन दियो चीनले हिमालय एयरलाइन्सलाई अनुमति ?


appharu
   ३ कार्तिक २०७५, शनिबार


काठमाडौं । अन्ततः नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गरेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनका विभिन्न गन्तव्यमा उडानका लागि आधा दशकदेखि गरेको प्रयाश व्यर्थ भए पनि चीनले हिमालय एयरलाइन्सलाई उडान अनुमति दिएको हो ।

हिमालय एयरलाइन्सका अनुसार चीनको प्रमुख पर्यटकीय सहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्नेछ । जसअन्तर्गत साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौंसम्मको चार्टड सेवा उपलब्ध गराउने जनाइएको छ ।

चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एयरलाइन्स एकमात्र एयरलाइन्स भएको पनि कम्पनीले बताएको छ ।

तर, चिनियाँ लगानीकर्ताको बहुमत सेयर रहेको यो एयरलाइन्सले चीनमा उडान गर्ने पहिलो नेपाली एयरलायन्सका रुपमा उडान अनुमति पाउनुलाई स्वाभाविकै मानिएको छ ।

नेपालमा हप्तामा दर्जनौं एकतर्फी उडान गरे पनि आफ्नो मुलुकमा कुनै नेपाली एयरलाइन्सलाई अनुमति नदिएको भन्दै आलोचना खेपिरहेको चीनले नेपालमा हुने विरोध साम्य गर्न हिमालयलाई अनुमति दिएको हुनसक्ने विश्लेषकहरुको अनुमान छ ।

चीनका कुनै पनि विमानस्थलले स्टल नभएको भन्दै निगमलाई उडान अनुमति दिएका छैनन् । तर, नेपालमा भने त्यसको ठिक उल्टो आफूले चाहेको समयमा चिनियाँ एयरलाइन्सहरुले उडान गरिरहेका छन् ।

चीनबाट चाइना एअरले दैनिक २ वटा, चाइना इस्टर्नले हप्तामा १ एक दिनबाहेक २ वटा, अनि चाइना साउदर्नले पनि दैनिक २ वटा उडान गरिरहेका छन् । यस्तै, तिब्बत एअरले हप्तामा ५ वटासम्म उडान गर्दै आएको छ ।

अर्कोतर्फ चीनले हिमालय एयरलाइन्सलाई दिएको विमानस्थलबाट नेपालमा पर्याप्त उडानको सम्भावना छैन । उक्त विमानस्थलमा नेपालीहरु त्यति नजाने र पर्यटकीय सहर भएकाले नेपालमा चिनियाँ पर्यटकको चाप नबढी सीधा उडानको अर्थ नहुने जानकारहरुको भनाइ छ ।

नेपालले बेइजिङ, ल्हासा, चेन्दु, गोञ्जाओलगायतका विमानस्थलमा उडनको प्रयाश गरे पनि सफल हुन सकेको छैन । राष्ट्रिय ध्वाजाबाहक निगमले नै प्रयाश गर्दासमेत चीनले अनेकौं बहानामा अवरोध गरिरहेको छ ।

नेपाल–चीन संयुक्त लगानीमा अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्सले लामो समयदेखि चीनका विभिन्न सहर र भारको नयाँ दिल्लीमा उडान गर्ने प्रयाश गरे पनि सफल हुन सकेको थिएन । हिमालयले खाडी राष्ट्र र मलेसिायका विभिन्न गन्तव्यमा उडान भरिरहेको छ ।

प्रकाशित : ३ कार्तिक २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह