Logo

बैंक / बिमा /शेयर

१५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


GDP नेपाल
   १३ असार २०७९, सोमबार


नेपाल राष्ट्र कैँकले १५ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । सोमबार एक सूचना जारी गर्दै बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको सर्त पुरा गरेर तोकिएकै समय भित्र दरखास्त दिन आग्रह गरेको छ । असार १५ गते निष्काशन हुने यस ऋणपत्रको बोलकबोल मंगलबार अपरान्ह ३ बजे हुने जनाइएको छ ।

कुल ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीमार्फत र बाँकी १५ प्रतिशत अर्थात् २ अर्ब २५ करोड रुपैयाँ विना प्रतिस्पर्धा बाँडफाँड गरिने समेत बैंकले जनाएको छ । ऋणपत्रको ब्याज भुक्तानी बैंकले अर्धवार्षिक (६/६ महिना) मा गर्नेछ ।

प्रकाशित : १३ असार २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह