Logo

बैंक / बिमा /शेयर

नबिल एसएसईलाई ईनेब्लर्स अफ सोसल ईन्टरप्रेनरशीप अवार्ड


GDP नेपाल
   १४ असार २०७९, मंगलबार


नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुरू गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम नबिल एसइईको पहिलो ब्याचको २० जनाले इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्राप्त गरेको छ। नेपाल उद्योग परिसंघ अन्तर्गतको सिएनआइइएफ नेपालले यो अवार्ड प्रदान गरेको हो ।

सिएनआइइएफ नेपालले असार ११ गते काठमाडौंमा आयोजना गरेको सिएनआइइएफ नेपाल स्टार्टअफ फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत पहिलो ब्याचका २० जना सहभागिहरूलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो।

२०७८ साल चैत ७ गतेदेखि सुरू गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रम अन्तर्गत देशभरका ३ सय ५० जना आवेदक मध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आवद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ।

फेलोशिप कार्यक्रमका सहभागिहरूले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यन्न, कपडा उत्पादन, कफी सप सञ्चालन लगायतका क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन्। हरेक महिना तीन दिन आवासीय सिकाई र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम ६ महिनासम्म चल्छ।

बाँकी ६ महिनाका लागि सबै सहभागिहरूलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ। सामाजिक उद्यम विकासका लागि सुरू गरिएको यो नयाँ कार्यलाई प्रोत्साहन गर्न इनेब्लर अफ सोसल अन्टर्रेनरशीप अवार्ड प्रदान गरिएको आयोजकको भनाइ छ।

सिएनआइइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ युवाहरूलाई उद्यमशिलता प्रबर्द्धन गर्न आयोजना गरिएकोे थियो। यस कार्यक्रममा नेपालमा उद्यमशिलता विकासमा स्थापित उद्यमी तथा अन्य व्यक्तित्वहरूबाट विभिन्न विषयहरूमा प्रेरणादायी वक्तब्यहरू प्रस्तुत गरिएको थियो।

उक्त्त कार्यक्रममा ७ वटा नेपाली स्टार्टअपहरूले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन्। कार्यक्रमको उद्घाटन समरोहमा प्रमुख अतिथि मन्त्री दिलेन्द्र प्रसाद बडु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल सरकारका अन्य उच्च पदस्तकरीहरूको उपस्थिती थियो।

प्रकाशित : १४ असार २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह