Logo

बैंक / बिमा /शेयर

हकप्रद सेयर निष्कासनका लागि बरुण हाइड्रोपावरले पायो अनुमति


GDP नेपाल
   १५ असार २०७९, बुधबार


बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १स्१ को अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न जेठ ११ गते सेबोनमा निवेदन दिएको थियो । बोर्डले आज ९असार १५ गते, बुधबार० हकप्रद निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : १५ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह