Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक


GDP नेपाल
   १६ असार २०७९, बिहिबार


एनआईसी एशिया बैंकले असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने नवीनतम योजना सार्वजनिक गरेको छ । ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ नाम दिइएको योजना व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक लक्षित रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने पनि बैंकले जनाएको छ ।

यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको।सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकहरुको अत्यन्त उत्साहजनक सहभागिता रहि आएको छ ।

प्रकाशित : १६ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह