पीडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनका लागि नेपाल धितापत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ निष्कासन गर्न असार ८ गते बोर्डमा आवेदन दिएको हो । लघुवित्तको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ रहेको छ । हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको छ ।
सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ रकम बराबरको ९७ हजार कित्ता शेयर निष्कासन पश्चात लघुवित्तको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्नेछ ।
लघुवित्तको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।
प्रतिक्रिया