Logo

बैंक / बिमा /शेयर

नेप्सेमा जीवन विकास लघुवित्तकाे बोनस सेयर सूचिकृत


GDP नेपाल
   १७ असार २०७९, शुक्रबार


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज शुक्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको ७० प्रतिशत बोनस बापतको ४२ लाख ५८ हजार ८ सय कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

संस्थाको चैत्र २५ गते शुक्रबार सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ७० प्रतिशतले हुन आउने बोनस र ३.६८ प्रतिशत नगद लाभांश ९बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत० गरि कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह