Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशत छुट


GDP नेपाल
   १७ असार २०७९, शुक्रबार


बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टर बीच छुट सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई युरोपा फिटनेस सेन्टरमा २५% छुट उपलब्ध गराउने भएको हो । ग्राहकहरुले युरोपा फिटनेसमा उपलब्ध हुने फिटनेस सेवाहरुमा एकमुष्ठ २५%को छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित : १७ असार २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह