Logo

बैंक / बिमा /शेयर

वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सको रक्तदान तथा खाद्यान्न सहयोग


GDP नेपाल
   २२ असार २०७९, बुधबार


अजोड ईन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव सम्पन्न मनाएको हो । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रममा ३३ जना दाता व्यक्तिहरुले रक्तदान गरेका छन् ।

सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पीनले काठमाण्डौको टोखा नगरपालिका ९, गोंगबु स्थित हिमालयन वृद्धा आश्रममा आश्रीत ४३ जना वृद्धा तथा वृद्धाहरुको लागी खाद्यान्न सहयोग गरेको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयूक्त रुपमा वृद्धा आश्रमकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको हो । सो कार्यक्रममा अतिथी उपप्रमुख मुरारी तामाङ्ग र अतिथी वडा नंं ९ का वडाअध्यक्ष राम भक्त घिमिरे, आश्रमका अन्य संचालक तथा अजोड ईन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कम्पनीले बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह