Logo

बैंक / बिमा /शेयर

बर्दियाको राजापुरमा एभरेष्ट बैंकको ११७ औं शाखा


GDP नेपाल
   २२ असार २०७९, बुधबार


एभरेष्ट बैंक लिमिटेडले बर्दियाको राजापुरमा ११७औं शाखा सञ्चालनमा ल्याएको छ ।

राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा उकत शाखाको उद्घाटन गरेका हुन्् । उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजापुर नगरपालिका वडा–४ लाई २० थान डस्टबिन समेत हस्तान्तरण गरेको थियो ।

बैंकले हाल ११७ शाखा, १५१ एटिएम, ३१ राजस्व संकलन काउन्टर र यसको व्यापक विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह