Logo

बिजनेस होम

न्यून वातावरणीय क्षतिमा निजगढ विमानस्थल बनाउन जीतपुर सिमरा उवासंघको अपिल


GDP Nepal
   २३ असार २०७९, बिहिबार


काठमाडौं । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघले न्यून वातावरणीय क्षतिमा निजगढ विमानस्थल निर्माण गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

संघको नयाँ कार्यसमितिका तर्फबाट अध्यक्ष मोहन प्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा वन जङ्गल र वातावरणमा न्यून क्षती हुनेगरी वस्तीलाई उचित व्यवस्थापन गर्दै विमानस्थल शीघ्र निर्माण सुरुवातको लागि सरोकार पक्ष सबैसँग ध्यानाकर्षण गराएको छ ।

जेठ २५ गते सम्पन्न संघको तेस्रो वार्षिक साधारण सभा सहितको दोस्रो अधिवेशन एवं मतदान (निर्वाचन) पछि कार्यसमितिद्वारा जारी विज्ञप्तिमा उपमहानगरपालिका भित्रका उद्योग, घरेलु तथा कुटीर उद्योग, व्यापार साथै सेवामुखी, आयमुखी विभिन्न व्यवसाय संचालन गर्ने सबैको हक हित संरक्षणमा प्रतिबद्धता पनि जनाइएको छ ।

छिमेकी उद्योग वाणिज्य संघहरुसंग भगिनी सम्बन्ध स्थापित गर्दै संघको उद्देश्य प्राप्त गर्ने सबै सरोकार संघ, संस्थाहरुको सदभाव र समन्वयमा कार्यसमिति अगाडि बढ्ने अध्यक्ष शर्माको भनाइ छ ।

“स्थानीय सरकारले लगाउने विभिन्न करहरुको दायरा फराकिलो तर दर रेटमा छिमेकी जिल्ला र पालिकाहरुको भन्दा अझै कम दर रेट निर्धारण गरि निती बनाउन साथै सटर भाडा ४०० प्रतिशतले बढेको रकमलाई न्युन दररेट कायम गरिदिन हुन जीतपुरसिमरा उपमहानगरपालिका संग अनुरोध गर्दछौं,” संघले विज्ञप्तिमा भनेको छ ।
यस्तै, व्यापारी व्यवसायहरुको अति नै व्यस्त समय आषाढ मसान्तको वेला विभिन्न सरकारी निकाय बाट हुने अनुगमन बाट त्रसित नहुन सबै उद्योगी व्यवसायीहरुमा आग्रह गरिएको छ ।

व्यवसायीलाई आफ्नो खरिद विकी खाता सम्बन्धीत कागज पत्र अधावधिक राख्न तथा व्यावसायिक फर्महरुलाई सम्बन्धीत निकायमा दर्ता नवीकरण गरी चुस्त दुरुस्त राख्न अध्यक्ष मोहन प्रसाद शर्माले आग्रह गरे ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह