Logo

बैंक / बिमा /शेयर

अब ‘आइएमई पे’ बाटै ब्रोकरलाई सेयर खरिद गरेबापत भुक्तानी गर्न सकिने


GDP नेपाल
   २४ श्रावण २०७९, मंगलबार


सेयर लगानीकर्ताले ब्रोकरलाई सेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी अब आईएमई पेबाटै गर्न पाउने भएका छन् ।

लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई सेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् । यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले जानकारी दिएको छ ।

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए ।

यो भुक्तानी रियल–टाईममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्क कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ । यो सुविधा प्रयोग गर्न सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह