Logo

विकास / पूर्वाधार

कल्याणपुर–गाईघाट सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिइने


GDP नेपाल
   २६ श्रावण २०७९, बिहिबार


वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको कल्याणपुर–गाईघाट निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना निर्माणकार्यका लागि सप्तरी र उदयपुर जिल्लाको वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गर्नुभएको छ ।

मन्त्री यादवले वन ऐन, २०७६ को दफा ४२ को उपदफा ९१० र वन नियमावली, २०७९ को नियम ९० बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका शर्तहरू पालना गर्ने गरी कल्याणपुर–गाईघाट सडकखण्ड निर्माण गर्न सप्तरी र उदयपुर जिल्लाको राष्ट्रिय वनको १५.८३१ हेक्टर वन प्रयोग गर्न दिइने निर्णय गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी उक्त राष्ट्रिय वनमा रहेका करिब तीन हजार दुई सय १९ वटा रुख हटाउनका लागि स्वीकृत दिने निर्णय भएकोसमेत मन्त्रालयले जनाएको छ । वनको जग्गा प्रयोग गर्न नपाएका कारण उक्त सडक निर्माणमा समस्या भएको जानकारी पाएपछि मन्त्री यादवले वनको जग्गा प्रयोग गर्न दिने निर्णय गर्नुभएको हो ।
मन्त्रालयले सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिने र रुख हटाउन दिने विषयमा स्वीकृति दिएपछि अब उक्त सडक निर्माणमा सहज हुने बताइएको छ ।

प्रकाशित : २६ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह