Logo

अर्थनीति

तीन महिनामै छापियो ९ लाख प्रति नागरिकता, प्रमको भाषणमात्रै १५ सय !


GDP Nepal
   २९ श्रावण २०७९, आइतबार


काठमाडौं । सरकारले गत आर्थिक वर्षको अन्तिम तीन महिनामा झन्डै ९ लाख प्रति नागरिकता प्रमाणपत्र छापेको छ ।

गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गरााउन दुई पटक गरी झन्डै ९ लाख नागरिकता प्रमाणपत्र छपाई गरिएको मुद्रण विभागले जनाएको छ ।

गत वैशाखदेखि असारसम्म पहिलोपटक ५ लाख र दोस्रोपटक ३ लाख ६९ हजार ४ सय प्रति नागरिकता छपाई गरी गृह मन्त्रालयलाई बुझाइएको विभागले जनाएको छ ।

यस्तै, नेपाल नोटरी पब्लिक परिषदका लागि ३ लाख ८५ हजार प्रति नोटरीपत्र छपाई गरिएको छ भने अर्थ मन्त्रालयका लागि ६ हजार प्रति आर्थिक सर्भेक्षण, ६ हजार प्रति बजेट भाषणा, रातो किताब र अन्तर सरकारी वित्तीय हस्तान्तरण २–२ हजार प्रति तथा पहेँलो किताब ३ हजार प्रति छापिएको छ ।

सरकारको नीति तथा कार्यक्रम पुस्तिका २ हजार प्रति छापेको मुद्रण विभागले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन मन्तव्य पनि १ हजार ५ सय प्रति छपाई गरेको छ ।

विभागले राष्ट्रिय अनुसन्धान विभागको हाजिरी रजिष्ट्ररदेखि सुन्दरबजार नगरपालिकाको स्थानीय राजपत्र अरीसम्म यही अवधिमा छपाई गरेको छ ।

अर्थ मन्त्रालयले भने सबैभन्दा बढी छपाई गरेको देखिन्छ ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह