Logo

अर्थनीति

निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ५२ प्रतिशत मात्र, अघिल्लो वर्ष ७१.१% थियो


GDP Nepal
   १ भाद्र २०७९, बुधबार


काठमाडौं । नेपालको निर्यात व्यापारमा गत आर्थिक वर्षमा उल्लेख्य सुधार आए पनि निर्यातजन्य वस्तुको सूची हेर्दा भने उत्साहित हुने अवस्था छैन ।

नेपालले पूर्ण प्रशोधित अर्थात अन्तिम उपभोग्य वस्तुभन्दा अर्ध प्रशोधित र कच्चा पदार्थ निर्यातमात्र बढाएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा कूल निर्यातमा अन्तिम उपभोग्य वस्तुको अनुपात ५२.४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा कूल निर्यातमा अन्तिम उपभोग्य वस्तुको अनुपात ७१.१ प्रतिशत रहेको थियो ।

“वृहत्त आर्थिक वर्गीकरण अनुसार आर्थिक वर्ष २०७८/७९ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.५ प्रतिशत र ५२.४ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात्०.०४ प्रतिशत रहेको छ,” केन्द्रीय बैंकले भनेको छ ।

बैंकका अनुसार अघिल्लो वर्षमा भएकोकुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः २८.६ प्रतिशत, ०.४ प्रतिशत र ७१.१ प्रतिशत रहेको थियो ।

यस्तै, सोही अवधिमा कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५२.० प्रतिशत, पुँजीगत वस्तुको १०.१ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३७.९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ५३.४ प्रतिशत, १२.१ प्रतिशत र ३४.५ प्रतिशत रहेका थिए ।

वार्षिक विन्दुगत आधारमा २०७९ असार महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ० ९.३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क २१.६ प्रतिशतले बढेको छ ।

प्रकाशित : १ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह