काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से २६.४९ अंकले बढेर दुई हजार ७२२.७२ विन्दुमा पुगेको छ ।
बैंकिङ १५, विकास बैंक ७६, हाइड्रोपावर ४ं०, जीवन बीमा ११२, निर्जीवन बीमा १२०, फाइनान्स १८, होटल तथा पर्यटन २५, अन्य ८, माइक्रोफाइनान्स ३० र उत्पादन उपसमूह ३ अंकले बढेको छ । त्यस्तै, आज व्यापार उपसमूह ६ अंकले घटेको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज एनआईसी एशिया डीबेन्चरको सेयर ४.७९ प्रतिशतले घटेको छ ।
यस दिन ३११ कम्पनीको दुई करोड ३७ लाख कित्ता सेयर १० अर्ब ७९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया