Logo

मुख्य समाचार

काठमाडौंमा ‘बालेनतन्त्र’को प्रभाव घट्दैः राजु पाण्डेले यसरी मागे माफी !


gdpnepal
   ३ बैशाख २०८२, बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिकामा जस्तोसुकै अमानवीय हर्कत गरे पनि मेयर बालेन शाहको संरक्षणका कारण उन्मुक्ति पाउँदै आएका नगर प्रहरी प्रमुख राजु पाण्डे अहिले भने ‘सफ्ट’ देखिन थालेका छन् ।

सडक व्यापारीका लागि आतंकका पर्याय बनेका पाण्डेले महिला नगर प्रहरीप्रति गरेको अमानवीय व्यवहारमा समेत कुनै कारबाही भोग्नु परेको थिएन ।

मेयरको आशिर्वादका कारण पाण्डेका दादागिरी यतिसम्म बढिसकेको थियो कि उपमेयर, वडाध्यक्ष र कार्यकारी अधिकृतलाई कार्यालय छिर्न नदिन उनले प्रहरी बलकै दुरुपयोग गरेका थिए ।

अघिल्लो साता उपमेयर सुनिता डंगोलले सार्वजनिक रुपमै कानुनी व्यवस्था सम्झाइदिएपछि आफ्नो ‘साइज’मा झरेका पाण्डे कानुनतः मेयरसँग नभै कार्यकारी प्रमुखप्रति उत्तरादायी हुने व्यवस्थाले झस्किएका छन् ।

फलतः उनले नगरप्रमुखको कार्यकालमै सम्भवतः पहिलोपटक नगर प्रहरीको गल्ती स्वीकार्दै कारबाही गरेका छन् ।

बुधबार विहान नगर प्रहरीहरुले स्थानीयलाई गरेको ज्यादतीको ढाकछोप नगरी पाण्डेले उनीहरुलाई विभागीय कारबाही गरेका छन् ।

“काठमाडौं महानगरपालिका वडा नं. ४ वालुवाटार क्षेत्रमा महानगर प्रहरी बलले सम्पादन गर्ने कार्य गर्दा अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकोले निजहरुलाई उक्त जिम्मेवारीबाट मुक्त गरि महानगर प्रहरी ऐन, २०८० वमोजिम आवश्यक कारवाहीको लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको छ,” महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कार्यकारी प्रमुख सरोज गुरागाईंलाई कार्यालय छिर्न नदिएको घटनाबाट सर्वत्र आलोचित मेयर बालेन्द्र शाह र उनको शक्तिको स्रोत राजुनाथ पाण्डे अहिले भने गुमेको शाख फर्काउन प्रयास गरिरहेको देखिएको छ ।

 

प्रकाशित : ३ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह