Logo

अर्थनीति

पोखरा एयरपोर्ट घोटाला प्रकरणमा प्राधिकरण डिजीलाई तत्काल निलम्बनः लिङ्देन उपसमिति


gdpnepal
   ४ बैशाख २०८२, बिहिबार


काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गठन गरेको पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित संसदीय उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सिफारिस गरेको छ ।

विवादास्पद पोखरा विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मको काममा संलग्नहरूमाथि अनुसन्धान गर्नुपर्ने र यसमा डिजी अधिकारीको भूमिका प्रमुख रहेको भन्दै उनलाई निलम्बन गरेर कारबााही अघि बढाउन उपसमितिले सुझाव दिएको हो ।

लेखा समिति सदस्य एवं राप्रपा अध्यक्ष सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

अधिकारी २०७१ सालदेखि २०७४ सालसम्म पोखरा विमानस्थल आयोजनाका प्रमुख रहेका थिए । तीन वर्षदेखि महानिर्देशक रहेका उनीमाथि तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

उपसमितिले प्राधिकरणका पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेलमाथि अनुसन्धान हुनुपर्ने भनेको छ ।

 

प्रकाशित : ४ बैशाख २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह