Logo

बिजनेस होम

नेपाल कुचो संघ अध्यक्षमा राजकुमार कार्की पुनः निर्वाचित


GDP Nepal
   ५ भाद्र २०७९, आइतबार


काठमाडौं । नेपाल कुचो संघ केन्द्रीय समितिको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा राजकुमार कार्की सर्वसम्मत भएका छन् । शनिबार काठमाडौमा भएको अधिवेशनमा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ख्याम पोखरेल (झापा), उपाध्यक्षमा मातृका घिमिरे (इलाम), रविन्द्र खड्का (काठमाडौँ) र सुबास बोलखे (काठमाडौँं) चयन भएका छन् भने महासचिवमा धनपति पोखरेल (काठमाडौँ) र कोषाध्यक्षमा रुष्मा खतिवडा (काठमाडौँ) चयन भएका छन् ।

संघको सदस्यमा सुरेश चौधरी, देवनारायण चौधरी, बमबहादुर तामाङ, मनोज शाह, रोहित शाह, राजकिशोर चौधरी, राम आचार्य, प्रल्हाद शाह, आइतराज लिम्बू, गीता भट्टराईलगायत २१ जना कार्यसमितिमा चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वरिष्ठ अधिवक्ता तथा निर्वाचन अधिकृत कुमारमणि अधिकारीले सपथ गराए । यसै अधिवेशनले प्रदेश १ का अध्यक्षका लागि मधुमल्लाका हेमचन्द्र बोहोरालाई चयन गरेको छ ।

पुनः अध्यक्ष पदका लागि चयन भएका कार्कीले आफ्नो कार्यकालमा देशभर रहेका सबै अम्लिसो किसान तथा व्यवसायीको समाधानका लागि सरकारसँग समन्वय गर्ने बर्ता ।

अध्यक्ष कार्कीले भारत, बंगलादेश, थाइल्याण्डमा कुचोको निर्यात बढाउने प्रतिवद्धता जनाए । सोही कार्यक्रममा झापाका पत्रकार सन्तोष न्यौपानेलाई नगदसहित सम्मान गरेको छ । कुचो व्यवसायीसहित सञ्चारकर्मीलाई सम्मान गरेको हो ।

प्रकाशित : ५ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह