Logo

बिजनेस होम

रोटरी क्लब अफ काठमाडौं वेष्टद्वारा बज्रवाराही मावि मकवानपुरलाई १० थान ल्यापटप वितरण


GDP नेपाल
   ५ भाद्र २०७९, आइतबार


काठमाडौं । रोटरी क्लब अफ काठमाडौं वेष्ट र ई ब्ल्याक बोर्डको संयुक्त आयोजनामा श्री बज्रवाराही मावि मकवानपुरलाई १० थान ल्यापटप वितरण गरिएको छ । गुणस्तरीय शिक्षा उपलब्ध गराउने र प्रविधि प्रति विद्यार्थीहरुको रुची, क्षमता अभिवृद्धि गर्ने उदेश्यले यस प्रकारको सहयोग क्लबले गर्दै आएको रोटरी क्लब अफ काठमाडौं वेष्टका पास्ट प्रेसिडेन्ट डा. अनिल बहादुर श्रेष्ठले बताए ।

गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके विद्यार्थीहरुको भविष्य उज्जवल हुने बताउँदै श्रेष्ठले त्यसका लागि शिक्षक विद्यार्थी इमान्दार र अनुशाशित हुनुपर्ने बताए । ई ल्याब हस्तान्तरण कार्यक्रममा डा. श्रेष्ठले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालयका शिक्षकलाई आग्रह गरे ।

क्लबले विगतमा पनि बज्रबाराहीका विभिन्न विद्यालयलाई कम्प्यूटर प्रदान गर्नुका साथै विद्यालयका शौचालयदेखि अस्पतालका लागि चाहिने भौतिक सामग्री उपलब्ध गराउँदै आएको छ । यस्तै, हरेक वर्ष बज्रबाराहीका नागरिकको स्वास्थ्य जाँचमा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आइरहेको रोटरी क्लब अफ काठमाडौ वेष्टले जनाएको छ ।

क्लबले सो स्थानमा खानेपानी ट्यांकी र प्रशोधन प्लान्टसमेत उपलब्ध गराएको छ । क्लबले सहयोग हस्तान्तरणसँगै विगतका सहयोगको अनुगमन समेत गर्दै आइरहेको छ ।

ईल्याब हस्तान्तरण समारोहमा क्लबका तर्फबाट रोटरीयन मोहनध्वज जोशी, मधुरध्वज जोशी, कुमार खतिवडा, रमेश मिलन श्रेष्ठ, किरणकृष्ण जोशी, देश कुमार श्रेष्ठ, निमा शेर्पा, राजेश कायस्थ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ई ल्याब बोर्डका तर्फबाट अध्यक्ष अमितभक्त प्रधान र क्लबका पास्ट प्रेसिडेन्ट डा. अनिल बहादुर श्रेष्ठले संयुक्त रुपमा विद्यालयका प्राचार्य रमेशमान डंगोललाई ल्यापटप हस्तान्तरण गरेका थिए ।

यस प्रकारको सहयोगले आफूहरु हर्षित भएको र यसको सही सदुपयोग गर्न विद्यालय व्यवस्थापनमा लाग्ने र विद्यार्थीहरुको प्रविधिप्रतिको सिकाई पद्धति विकासलाई बढावा गर्दै अघि बढ्ने विद्यालयका प्राचार्य डंगोलले बताए ।

ई ब्ल्याक बोर्ड हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिका वडा नं. ६ का अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठले विद्यार्थीहरुको वृत्तिविकास र पठनपाठनमा स्थानीय निकाय सक्रिय रुपमा अघि बढेको र कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई खाजा र कपडाको व्यवस्थापन गरिरहेको बताए ।

प्रकाशित : ५ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह