Logo

बिजनेस होम

बालेनको ‘अपरेसन अल्फाबिटा’: शर्माको राजनीतिक पहुँचमाथि यसरी हावी भए मेयर !


GDP Nepal
   ९ भाद्र २०७९, बिहिबार


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो एक साताको गतिविधि हेर्ने हो भने उनी बिजुली गतिमा छन् । पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनमा उपयोग गर्ने काठमाडौंका घरधनीहरुका लागि उनी आतंक जस्तै भएका छन् ।

नयाँ वानेश्वर, न्यूरोड, सुन्धारा लगायतका क्षेत्रमा एक्सनमा उत्रिएका बालेन बिहीबार झनै चर्चामा रहे । राजनीतिक पहुँचका आधारमा कानुनलाई हातमा लिँदै आएका व्यवसायी उनको निशानामा परे ।

नयाँ वानेश्वरस्थित अल्फाबिटाले सञ्चालन गरिरहेको अल्फा केयरमा बिहान अनुगमनमा जाँदा सञ्चालक द्विराज शर्माले बालेनसँग नक्सा मागे । बालेनसँग उनको चर्काचर्की पनि पर्‍यो । नक्सा कोसँग हुन्छ भन्ने विवादकै बीच बालेन फर्किए ।

तर, बालेन रोकिएनन् । महानगरपालिका पुगेर नक्सा खोजे र पुनः फर्किए अल्फाबिटा। यसपटक भने नक्सासँगै डोजर पनि लिएर गएका थिए । एकछिनको अनुगमनपछि उनले डोजर चलाउन अनुमति दिए र अल्फा क्प्प्लेक्सको बाहिरपट्टी रहेको मेडिकल क्षणभरमै भत्कियो ।

शर्मा एमाले निकट हुन् । एमाले अध्यक्ष केपी ओलीसँग उनको पारिवारिक सम्बन्ध पनि छ । द्विराजका दाजु शिक्षा व्यवसायी युवराज शर्माले केपी ओली प्रधानमन्त्री रहँदा उनको जन्मदिन मनाउन तेह्रथुमस्थित घरमा चाँजोपाँचो मिलाएका थिए ।

केकमा नेपालको नक्सा काटिएको भन्दै आलोचित उक्त केकको ढुवानी लागत २५ लाख रहेको भन्दै चर्चा भएको थियो ।

अल्फाबिटा अपरेसनपछि उनले फेसबुकमा यस्तो लेखेः

उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
मैले के बिराए ।
अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।

प्रकाशित : ९ भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह