Logo

अर्थनीति

चीनले अनुमति नदिँदा अढाई लाख ढुवानी शुल्क खर्चेर केरुङ हुँदै हुम्लामा गाडी !


appharu
   २५ कार्तिक २०७५, आइतबार


हुम्ला । नेपालको उत्तरी छिमेकी चीनले नेपालका कुनै पनि सवारी साधानलाई आफ्नो मुलुकमा चल्न दिँदैनन् । निजीमात्र नभै सरकारी गाडीलाई समेत चीनले विश्वास गर्दैन ।

चीनको यस्तै नीतिको मारमा परेको छ एक सरकारी गाडी– बा. १ झ ५८५० । कर्णालीको दुर्गम जिल्ला हुम्लामा पहिलोपटक पु¥याइएको यो पुरानो सरकारी सवारीसाधनले पनि त्यहाँसम्म पुग्न २ लाख ५० हजार खर्चनुपर्यो ।

रसुवा नाका हुँदै कन्टेनरमा नेपालको हिल्सा नाकाबाट हुम्लाको सिमकोट ल्याइएको हिल्सा सिमकोट सडक आयोजनाको सरकारी गाडी । तस्बिरः पत्रकार रेशमराज रोकायबाट

चीनमा नेपाली सवारी साधनलाई गुड्ने अनुमति नहुँदा काठमाडौं–रसुवा–चीन हुँदै हुम्लामा पहिलोपटक सरकारी सवारी साधन पु¥याइएको हो । गाडीलाई रसुवाबाट चिनियाँ कन्टेनरले ताक्लाकोट बजारसम्म ढुवानी गरेको थियो ।

राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्लामा सडक विस्तार र अनुगमन गर्न हिल्सा–सिमकोट सडक आयोजनाले ल्याण्डक्रुजर गाडी ल्याएको हो । गाडीलाई हुम्ला पु¥याउँदा चीनको सडक पार गर्न २ लाख ५० हजार रुपैयाँ ढुवानी शुल्क तिर्नु परेको हो ।

हिल्साबाट सिमकोटसम्मको ९५ किलोमिटर बाटोको ट्र्याक खुलेपछि सडक आयोजनाको कामलाई द्रुतगतिमा सञ्चालन गर्नको लागि यो गाडी ल्याइएको हो । सुर्खेत र नेपालगञ्जबाट हवाई ढुवानी गर्नको लागि महँगो पर्न जाने भएकोले गाडीलाई चिनियाँ सडक प्रयोग गरी ल्याइएको जनाइएको छ ।

त्यसो त गाडीलाई हिल्साबाट सिमकोटसम्मको ९५ किलोमिटर दुरी पार गर्न ९ दिन लागेको थियो । सडक मर्मत गर्दै गाडी ल्याउनु पर्दा त्यति धेरै समय लागेको हो । ठाउँ ठाउँका नदीमा पुल नहुँदा अझ गाडी सञ्चालनमा सहज नभएको हो ।

गाडी हुम्ला पुुगे पनि यसको इन्धन भने महँगो तिरेर सञ्चालन गर्नु पर्ने बाध्यता रहेको छ । मुगुबाट खच्चरमा डिजेलको ढुवानी गरी सिमकोट पु¥याउँदासम्म प्रतिलिटर ६ सयदेखि ७ सय रुपैयाँसम्म पुग्ने छ ।

 

प्रकाशित : २५ कार्तिक २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह