Logo

अर्थनीति

एनवाईईएफ काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ गर्ने, उत्कृष्टलाई ४ लाख !


GDP Nepal
   १२ भाद्र २०७९, आइतबार


काठमाडौं । नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ ।

च्याप्टर अध्यक्ष चिराग गोयलका अनुसार संस्थाले युवाहरुलाई व्यावसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले ‘नेपाली युवा उद्यमी मञ्च काठमाडौं, स्टार्टअप अवार्ड’ आयोजना गर्न लागेको हो ।

अवार्डमा उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गरिने छ । संस्थाले यो कार्यक्रम मार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्ने अध्यक्ष गोयलले जानकारी दिए ।

अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ ।

स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ । स्टार्टअपले आफ्नो सवै भन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तिय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्नेछ । अडिटेड वित्तिय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तिय विवरण बुझाउनु पर्नेछ ।

आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरुमात्र अवार्डको लागि योग्य हुनेछन् ।

अध्यक्ष गोयलका अनुसार नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले संचालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैनन् । यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाईस अवार्ड प्रदान गरिनेछ ।

स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमशः ४ लाख, २ लाख तथा १ लाख नगद उपहार प्राप्त गर्नेछन । यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्योरेन्स र सह प्रायोजक सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । दर्ता फारम भाद्र १० गते देखि खुल्नेछ । दर्ता फारम अनलाइन www.nyefstartupawards.com मा समेत उपलब्ध रहेको छ ।

“सरकारले नेपालमा स्टार्टअप उद्यमी विकासको लागि १ अर्ब रुपैयाँँ विनियोजन गरेको छ, जसमा नयाँ स्टार्ट अपहरुले परियोजनाको आधारमा २५ लाख बिना धितो पाउन सक्ने प्रावधान राखिएको छ,” अध्यक्ष गोयल भन्छन्, “यस घोषणाले हाम्रा नेपाली उद्यमीहरु पुरा लाभान्भित हुनेछन् र उद्यमी परिदृश्य विकासमा टेवा पुग्ने प्रति हामी पूर्ण विश्वस्त छौं ।”

एनवाईईएफ नेपालका युवा उद्यमीहरुको मुख्य संस्था हो । नेपाली युवाविच आइडिया एक्सचेन्ज, फेलोसिफ शिक्षा, प्रशिक्षण र एडभोकेसी गर्ने उदेश्यले स्थापना भएको नेपाली युवा उद्यमी मञ्चलाई नेपाल उद्योग वाणिज्य महासंघले सन २००३ सालमा आधिकारिक मान्यता प्रदान गरेको थियो ।

संस्थाले नेपाली युवाहरुमा उद्यमशीललाई विकास गर्ने संगसगै संस्थालाई विस्तार गर्ने कार्यहरु गर्दै आइरहेको थियो । यसै क्रममा सन् २०१६ सालमा नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ च्याप्टरको स्थापना भयो । उद्यमीको विकास गर्ने लक्ष्य लिएको यस संस्थाले विभिन्न टकशो, मेन्टोरसिप विक, मास्टरक्लास र अरु विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह