Logo

अर्थनीति

कुरियर क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड


GDP Nepal
   १९ भाद्र २०७९, आइतबार


काठमाडौं । निजी क्षेत्रका अगुवाहरुले कुरियर क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । मुलुकको आर्थिक विकासमा कुरियर क्षेत्रको योगदान अतुलनीय रहेको उल्लेख गर्दैै उनीहरुले यस क्षेत्रको विकास र विस्तारसँगै कुरियर व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने धारणा राखे ।

नेपाल कुरियर सेवा संघको २८ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कुरियर क्षेत्रबिना अर्थतन्त्रको गति अवरुद्ध हुने धारणा राखे । आफूले व्यावसायिक जीवनको सुरुवात कार्गो एन्ड कुरियरबाटै गरेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस क्षेत्रका समस्याहरुबारे आफू जानकार रहेको बताए ।

ढकालले मुलुकमा व्यावसायिक लागत बढिरहेको उल्लेख गर्दै कुरियर कम्पनीहरुबीच प्रतिस्पर्धासँगै सहकार्य पनि आवश्यक रहेको र सहकार्यले लागत न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे ।

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक क्षेत्रमा एकपछि अर्को समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै सम्पूर्ण निजी क्षेत्र एकतावद्ध भएर समस्याको समाधान गर्नुपर्ने धारणा राखे । सम्पत्ति शुद्धीकरण लगायतका क्षेत्रमा पछिल्लो समय देखिएका चुनौतीका कारण व्यवसायी सकसमा रहेको उनको भनाइ छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, सदस्यहरु हेमराज ढकाल, मनिषलाल प्रधान, नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल, गोविन्द ढुंगेललगायतले शुभकामना व्यक्त गरेका थिए ।


कुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले कुरियर सेवामा आवद्ध रहेका व्यवसायीहरुको हकहित संरक्षण तथा पेशागत सुरक्षाका विषयमा संघले खेलेको भूमिकाका सम्बन्धमा प्रष्ट पारेका थिए । उनले कुरियर सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्न निजी क्षेत्रले गरिरहेको प्रयासमा साथ दिन सरकारसँग आग्रह गरे ।

संघका उपाध्यक्ष दुर्गाप्रसाद सुवेदी, महासचिव राजकुमार सामरी लगायतले कुरियर क्षेत्रका माध्यमबाट मुलुकका सबै आर्थिक सामाजिक क्षेत्र जोड्न सक्षम भएको धारणा राखे ।

कार्यक्रममा संघको प्रादेशिक अवधारणाअनुसार सातवटै क्षेत्रमा विस्तार गरिएको समितिका सभापतिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रकाशित : १९ भाद्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह