अवैध संरचना, होर्डिङ बोर्ड र अव्यवस्थित पार्किङपछि काठमाडौँका मेयर बालेन्द्र साहको निसानामा कर नतिर्ने क्यासिनो परेका छन् । महानगरपालिकाले आज एक सूचना जारी गर्दै विभिन्न सात क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न निर्देशन दिएको छ ।
सूचना अनुसार कर नतिर्नेमा डेल्टिन क्यासिनो होटल, म्यारियट, क्यासिनो प्यालेस, अन्नपुर्ण होटल, क्यासिनो याट, याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, हायात होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिनो, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटल रहेका छन् ।
महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार यसअघि पटक पटक ताकेता गरे पनि यी क्यासिनोले आर्थिक वर्ष २०७५/०७६ देखि नै कर बुझाएका छैनन ।
तोकिएको समयावधि भिज्ञ कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ अनुसार कारबाही गरिने अधिकारीले जनाए ।
प्रतिक्रिया