सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नियुक्त भएका सुयोग श्रेष्ठले आजदेखि नयाँ कार्यकालको जिम्मेवारी सम्हालेका छन् । गत भदौ ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई थप ४ वर्षका लागि सीईओमा नियुक्त गरेको थियो ।
यस्तै, बैंकले आइतवारदेखि ‘सांग्रिला कस्टुमर केयर’ सञ्चालनमा ल्याएको छ । ग्राहकका जिज्ञासा, गुनासो र सुझाव लिन उक्त सेवाको शुरुआत गरिएको बैंकले जानकारी दिएको छ । बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई आत्मसात् गरिँदै आएको बैंकले बताएको छ ।
प्रतिक्रिया