Logo

बिजनेस होम

निजी क्षेत्रलाई हेर्ने पुरानो सोच र परिपाटी बदल्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह


GDP नेपाल
   २३ भाद्र २०७९, बिहिबार


काठमाडाै‌ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले तीन तहका सरकारबाट निजी क्षेत्रलाई सहजीकरण हुन सके उद्योग धन्दा खोल्ने, रोजगारी सृजना गर्ने र पूर्वाधार विकास गर्ने जस्ता महत्वपूर्ण कार्यमा उल्लेख्य सहयोग हुने बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले मुलुकको आर्थिक समृद्धि र विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका रहे पनि राज्यले हेर्ने दृष्टिकोणमा भने परिवर्तन नआएको बताए । उनले निजी क्षेत्रलाई

हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने जनाउँदै भने, राज्यले निजी क्षेत्र आफ्नो मात्र हित हेर्छ, आफ्नो मात्र नाफा हेर्छ्, सामाजिक उत्तरदायीत्वको क्षेत्रमा काम गर्दैर्न, कर नर्तिर्ने वर्गाको मान्छे हो भन्ने परम्परागत रुपमा हेर्ने जून पूरानो सोच छ त्यसलाई अब राज्यले बदल्नुपर्छ ।

देशको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रले खेलेको भूमीका अत्यन्तै सह्रायिन रहेकोले बताउँदै ढकालले राज्यका तहमा रहेका मन्त्री, नेता र जनता सबैले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको जनाए । त्यस्तै, उद्योगीले व्यापार व्यवसाय गरेर पूँजी आर्जन गर्ने कार्यलाई सरकार र जनता दुवैले सकारात्मक हिसाबले लिइदिएको खण्डमा मुलुक आर्थिक समृद्धि र विकास भन्दा धेरै टाढा नरहेको उनले बताए । 

उनले उद्योग मन्त्रालयले लगाएत उद्योग व्यवसायको तालुक मन्त्रालय र विभागले ३० वर्ष पूराना कानुनलाई समयसापेक्ष रुपमा परिमार्जन गर्नुपर्नेमा जोड दिए । यस्तै, पूराना ऐन कानुन लगाएर व्यवसायीलाई बजार अनुगमनका नाममा पहिला थुन्ने र पछि सुन्ने काम गर्न नहुने उनले बताए ।

उनले ऐन कानुनमा भएका त्रुटी सच्च्याएर व्यवसायीको हकहितका कुरालाई आत्मसाथ गर्ने खालको निती नियम बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मन्जरी शाक्यले ललितपुर उद्योग वाणिज्य महासंघ महानगरपालिकाको मेरुदण्ड भएकोले यसका हरेक गतिविधि र महानगरका निती निर्माण तहमा संघको भूमिकालाई प्राथमिकता दिइएको बताए ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह